काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २,९५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, सोही समयमा १,०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...