संजय एक यात्रा

फाेटाेग्राफीमा रूचि रख्ने संजय पेसाले चित्रकार हुन् ।

सोजको महिना साथीहरूसँग घुम्न जाने कुरा भयो र लगत्तै एक हप्ताको लागि लागियो मुक्तिनाथ सम्मको यात्रामा । पोखराबाट उत्तरतिर लागिसकेपछि पर्वत र म्याग्दीका पहाडले छोपेको एउटा इतिहास, गहिरो गल्छीमा बग्ने कालीगण्डकीको तिरैतिर पारि पहाडबाट झर्दै गरेका झरनाहरूको सौन्दर्यमा रमाउँदै करिब एघार घण्टापछि रातको ९ बजे पुगियो जोमसोम बजार । 



गाडीको धङ्धङे र थकानले गर्दा हतारमा खानपिन सकेर सुतियो । भोलिपल्ट बिहान ब्युँझिएर रुमको ढोका खोल्ने बित्तिकै आँगनमा हिउँको थुप्रो, आफ्नै अगाडि हिमाल, अत्यन्तै चिसो बढेको अनुभूति, तातो चिया खाएर मुक्तिनाथको दर्शन नगरी खाना नखाने सल्लाह भएपछि हाम्रो टोली फेरि निस्कियौँ जोमसोम बजारबाट कागबेनी हुँदै मुक्तिनाथसम्मको यात्रामा ।



गाडीमा बसेर फोटो खिच्दै हिमाल पारीको मनोरम दृश्य हेर्दा एक टुक्रा स्वर्ग यही नै होला जस्तो लाग्ने । मुक्तिनाथको गेटबाट लगभग आधा घण्टाको पैदल यात्रापछि बल्ल पुगियो मुक्तिनाथ मन्दिर । उकालोको यात्रासँगै अत्यन्तै चिसो बढेकोले छोटो समयमा मन्दिरको दर्शन सकेर खाना खायौँ । खाना खाइसकेपछि दिनभरिको समयमा घुमघाम र फोटो खिच्ने रहरमा निस्कियौँ ।



जोमसोम बजारमा चल्ने हावाले बेलुकाको समयलाई अझै केही चिसो बनाइदिने भएपछि होटलतिर तात्तातो चिया खाँदै यसरी नै दोस्रो दिनको समापन गरियो । यसरी हिमालपारिको जिल्लाबाट सम्झनाहरूको पोको लिएर तेस्रो दिनको मिर्मिरेमा उही कालिगण्डकीको किनारैकिनार यही यात्रालाई एउटा इतिहास बनाएर फर्कियौँ आफ्नै जिन्दगीको यात्रातिर ।





 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

संजय एक यात्रा

लेखकबाट थप...