एजेन्सी - डायनोसरकालीन समुद्रमा एक प्रकारको समुद्री राक्षस बस्दथ्यो । माछा आकारका घर्सेर हिँड्ने सो समुद्री प्राणी साढे दुई करोड वर्षअघि ठूलो आकारमा बढेको र त्यसलाई समुद्री राक्षस भन्ने गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । सर्पजस्ता ती प्राणी चाँडो नै ठूला आकारमा बढेका थिए । छोटो समयमा नै अस्वाभाविक बढेका प्राणीलाई अनुसन्धानकर्ताहरूले साइमबोसपोन्डाइलस नाम दिएका छन् । 

ठूलो मुखाकृति र चिउँडो भएका ती राक्षस दुई करोड ४७ लाख वर्षअघि यो पृथ्वीमा अस्तित्वमा रहेको साइन्स जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । साढे ६ फुट लामो खोपडी भएको सो राक्षस ५५ फिट लामो भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

४५ टन तौल भएको सो प्राणी उत्तर अमेरिकी तटको पश्चिमी क्षेत्रको एउटा महासागरमा बस्ने गरेको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । 

अनुसन्धान टोलीका वैज्ञानिक तथा अमेरिकाको क्यालिफोर्नियास्थित स्किृप्स कलेजका सहप्राध्यापक लार्स स्मित्जले भने, ‘ती प्राणी ह्वेलभन्दा पनि ठूला भएको अनुमान छ ।’ 
अध्ययन साइन्स म्यागेजिनमा प्रकाशित छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार