एजेन्सी- नोभेम्बरमा केही दिनहरू दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर मापन एक निकायले जनाएको छ । 

नोभेम्बरमा करिब ११ दिनमा वायु प्रदुषणको मात्रा अत्यधिक नराम्रो रहेको थियो । यो भन्दा पहिले सन् २०१६ को नोभेम्बरको १० दिन यस्तै भएको थियो ।

यो नोभेम्बरमा दिल्लीमा एक दिन पनि वायुको स्तर राम्रो भएको थिएन ।

विज्ञहरूले नजिकका राज्यहरूमा खेतमा पराल जलाउँदा र दिपावालीमा पट्काइने पटकाहरुको का कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन् । 

नासाको भूउपग्रह तथ्याङ्कले पन्जाब, हरियाणा र उत्तर प्रदेशमा अक्टोबर १ देखि नोभेम्बर २८ सम्म ९०,९८४ स्थानमा परालमा आगो लगाइएको देखाउँछ । काउन्सिल अफ इनर्जी, एन्भार्नमेन्ट एन्ड वाटरका अनुसार यो विगत पाँच वर्षको तुलनामा उच्च सङ्ख्या हो ।

भारतमा खेतमै पराल बाल्ने कार्य प्रतिबन्धित छ तर यसलाई कडाइका साथ लागु गर्न सकिएको छैन ।

किसान आन्दोलनका कारण सङ्घीय सरकार पराल बाल्ने कार्यमाथि प्रतिबन्ध हटाउन सहमत भएपछि यो समस्या आउने वर्षहरूमा अझ नराम्रो हुने सङ्केत देखिएको छ ।
भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार