काठमाडाैँ - वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाे डब्ल्यूएचओले जनाएको छ ।

सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकोप्रति जोड दिँदै वायु प्रदूषण धूम्रपान र अ-स्वस्थ्यकर खाना जत्तिकै हानिकारक भएको जनाएको छ ।

वायु प्रदूषण र स्वस्थ खानपानमा ध्यान दिन सकेमा मात्रै विश्वमा लाखौँ मानिसको ज्यान जोगाउन सकिने सङ्गठनले जनाएको छ । २.५ माइक्रोन वा त्यो भन्दा सानो पदार्थ स्वस्थ जीवनका लागि खतरनाक मानिने गर्छ । अनुसन्धानले देखाएअनुसार पीएम २.५ ले रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्छ ।

यसको परिणामस्वरूप मुख्यतया मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ तर अन्य अङ्गहरूलाई पनि असर गर्ने डब्ल्यूएचओले बताएको छ । सन् २०१९ मा, विश्व जनसङ्ख्याको ९० प्रतिशत भन्दा बढी मानिसहरू लामो समयसम्म पीएम २.५ को जोखि क्षेत्रमा बसोबास गर्थे ।

दक्षिणपूर्वी एसिया वायु प्रदूषणका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार