एजेन्सी – सन् २०२० मा वातावरण तथा भूमि संरक्षणको क्षेत्रमा सक्रीय दुई सय सत्ताईस संरक्षणविद् मारिएका छन् । ग्लोवल विटनेसले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । जंगल, खानी, जलविद्युत, कृषि, बाँध, समुद्र, पानीको आपूर्तिलगायतका क्षेत्रमा प्राकृतिक स्रोत साधन संरक्षणका क्रममा आक्रमण तथा विभिन्न दुर्घटनामा उनीहरु मारिएका हुन् । 

सन् २०१५ मा जलवायु परिवर्तनवारे पेरिसमा सम्झौतामा हस्ताक्षरपछि मात्र हरेक साता चार जना वातावरण अभियन्ता मारिने गरेको सो संगठनले जनाएको छ । कतिपय क्षेत्रमा सञ्चारकर्मीको समेत पहँुच नहुने भएकाले मृत्यु हुनेको संख्या अझै ठूलो हुन सक्ने जनाइएको छ । 

प्रतिवेदनअनुसार काठ संरक्षणको क्षेत्रमा संक्रीय २३ जनाको एक वर्षमा मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा ब्राजिल, निकारागुवा, पेरु, र फिलिपिन्सका वातावरणविद् छन् । जलवायु परिवर्तनको अग्रमोर्चामा खटिएका जनजातीको पनि उल्लेख्य संख्यामा मृत्यु भएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार