काठमाडौँ । रङ्गकर्मीहरुको उदगम स्थल भनेर चिनिने धरानमा केही वर्षयता  नाटक मञ्चन लगभग बन्दकै स्थितीमा रहेको बेला पछील्लो समय भने  नयाँ  पुस्ताका रङ्गकर्मीहरुको सकृयता बढेको छ ।

केही बर्ष अघीदेखी भने धरानको  रंगभुमी एकेडेमीले नाटय गतिबिधीलाई चलायमान बनाउदै आएकोछ । यही क्रममा  यहि चैत्र २७ गते देखि रंगभुमी एकेडेमीकै आयोजनामा वैदेशिक रोजगारीमा गएको नेपाली  तथा उनीहरुको परिवार र सिंगो समाजले बेहोर्नु परिरहेको परिवेश र स्थितीलाई  यथार्थ चित्रण गर्ने  नाटक  'बन्द बाकस 'मञ्चन हुनेभएको छ । लीलबहादुर क्षेत्रीको  उपन्यास ‘बसाईँ’ लाई नाटय कथामा रुपान्तरण गरी  निर्देशन गरेका निर्देशक मिलन चाम्लिङ राईले निर्देशन गर्ने 'बन्द बाकस ' धरान १० स्थित सैनिक भवनमा चैत्र २७ देखी  बैशाख ३ गतेसम्म मञ्चन हुने निर्देशक राईले जानकारी दिए ।

तुलसा थापा,  सन्देश दाहाल र अस्मिन सुबेदीको ब्यावस्थापन रहने ‘बसाईँ’  नाटकमा हरी इवाहाङ लिम्बु, सम्झना राई, रमिता राई,  बिशाल नाल्बो, उदिप इवाहाङ, एसिका राई, दिपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रीयङ्का राई र इन्द्र राईको अभिनय रहनेछ ।  दैनिक ४ः३० बजेदेखि एक घण्टा २० मिनेटको सो रहेको छ भने टिकटको शुल्क तीन सय र दुई सय रहेको व्यबस्थापक तुलसा थापाले जानकारी दिए। मञ्चन हुने नाटक 'बन्द बाकस ' को हाल रंगभुमी एकेडेमीमा रियलसल भईरहेको छ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार