काठमाडौँ – रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदानेः विद्रोहको नेपाली नामको टिजर सार्वजनिक भएको छ । 

फिल्म रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरू समेटेर निर्माण गरिएको हो । रुदाने अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त अनुसन्धान, लेखन तथा निर्देशन गरेका हुन् । दावानल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन् भने सह–निर्माता भानुभक्त थापा र सहायक निर्माताहरूमा पदम केशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन् । फिल्ममा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिव्य देबले अभिनय गरेका छन् ।

निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने गरी काम अगाडि बढिरहेको जनाएको छ ।

चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल, आलोक थामी, नमिता तामाङ्ग, परीक्षित विक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल , आइपि आचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

रुपचन्द्र विष्ट विद्रोही दार्शनिक, राजनीतिज्ञ र शिक्षक तथा समाज सुधारक थिए ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार