काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । 

गृह मन्त्रालयले गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । 

उनी अमेरिकी नागरिक भएको र उनले नेपाल बस्न पाउने अवधि पूरा भैसकेकोले उनलाई नेपाल प्रवेशमा रोक लागेको हो । अमेरिकी नागरिकले एक प्रवेशाज्ञा (भीसा) वर्षमा १ सय ८० दिन मात्र नेपाल बस्न पाउने नियम छ  । 

गजमेरले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेकाले यो वर्षभरि उनी नेपाल आउन पाउने छैनन् । सन् २०२२ मा भने गमेर नेपाल आउन पाउनेछन् । 

गत असोज ११ गते सोमबार नेपाल आएका गजमेरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई अमेरिका फिर्ता पठाइदिएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार