काठमाडौं- राजेश पायल राईको बहु प्रतिक्षित गीत  “देम सारो ” रिलिज भएको छ । आज राजेश पायल राईको आफ्नै युटुब च्यानल मार्फत रिलिज भएको गीत द भोइस अफ नेपालको स्टेजमा गएर चर्चामा आएको थियो ।

मनमा गढेको माया छुट्दैन भन्छन सारा

अब त तिमी मेरो जिवनको एउटै सहारा

तिमीमै सन्सार तिमी नै जुन तारा देख्छु किन हो ?

देम सारो  …देम सारो

राजन मुकारुङले लेखेको शब्द गीत देम सारो को नेपाली अर्थ, “ के सारो  “ हुन्छ । राजेश पायल राइको आफ्नै सुमधुर स्वर रहेको गीतको म्युजिक आफैले गरेका छन् भने म्युजिक एरेन्ज फणिन्द्र राइले गरेका छन्।यसमा “देम सारो ” गीत दर्शन नमस्ते एल्बम को पाँचौ भाग हो ।

किरण चाम्लिङ राइको भिडियोको निर्देशनमा दयाहांङ राई , विल्सन बिक्रम राई , रजनी गुरुङ र राजेश पायल राई मुख्य भूमिकामा देखिएका छन् भने बुद्दी तामांङ बिशेष अतिथिको रुपमा देखिएका छन् । भिडियोमा राई समुदायको भेषभुषा र केटाकेटीको प्रेमिल माहोल देखाइएको छ । उक्त माहोललाई कमल राई ले कोरियोग्राफी गरेका छन् ।

बिक्रम डिसीले छायांकन गरेको भिडियोमा पहाडी सुन्दर इलाका देखाइएको छ । कलाकार र कोरसहरु बाहिरी सुन्दर ठाउमा छमछमी नाचेका छन् । मनोज कार्कीले भिडियोलाई सम्पादन सहित कलर गरेका छन् ।

भिडियो……

https://www.youtube.com/watch?v=MWhYYB4FAK0

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार