थेम्स थिएटर क्लबले आयाेजना गरेकाे दोस्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन नाट्य मनोवाद प्रतियोगिता सम्पन्न भएकाे छ । 

 थेम्स इन्टरनेसनल कलेज अफिस अफ स्टुडेन्ट अफेयर्सका सदस्य तथा थेम्स थिएटर क्लबका सदस्यहरू उपस्थित एक कार्यक्रमका बीच प्रतियाेगित सम्पन्न गरिएकाे हाे । 

प्रतियाेगितामा कलकता भारतकी प्रतियोगी नं १७ प्रज्ञा बक्सी प्रथम भएकी छन् । त्यस्तै अर्घखाँची नेपालका प्रतियोगी नं ३२ ऋषिकेश बस्याल द्वितीय र कर्नाटक भारतकी प्रतियोगी नं ५२ अन्शुल प्यानिकर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार राखिएको थियो । त्यस्तै प्रतियोगिताको विभिन्न विधा तर्फ "Most Popular Contestant" मा काठमाडौँ नेपालका प्रतियोगी ४१ आयाम पौडेल, Best Dramatic Impact काठमाडौँ, नेपालकी प्रतियोगी २० दिलरेशा (देल्सा) खड्गी र  Best Story/Creative Content इलाम, नेपालका प्रतियोगी नं ३७ प्रवीण मगर भएका छन् । विधा तर्फका विजेता प्रतियोगीले प्रतियोगितामा सहयाेगीकाे भूमिका खेलिरहेका Nuts About Nuts", "Hempkoo" र "FQ3" को  तर्फबाट गिफ्ट ह्याम्पर्सको व्यवस्था गरिएको छ । त्यस्तै प्रतियोगिताका सम्पूर्ण प्रतियोगीलाई "EVIVEZ काे तर्फबाट १५ प्रतिशत र "Hempkoo" काे तर्फबाट १० प्रतिशत बराबरको डिस्काउन्ट कुपन प्रदान गरिने भएकाे छ ।



प्रतियाेगितामा ५७ जना सहभागी रहेका थिए । गतवर्ष सफल रूपमा सम्पन्न भएको पहिलो नाट्य मनोवाद प्रतियोगिताले दिलाएको हौसला र उर्जालाई आत्मसाथ गर्दै काेराेनाका कारण उत्पन्न यस विषम परिस्थितिले सुस्ताइरहेको नाट्य कार्यहरूमा हौसला मिल्ने क्लबकी संयोजक रक्षा थापाले बताए ।

त्यस्तै उनले यस कार्यक्रमले रंगकर्मी, फिल्मकर्मी कलाकार लगायत सम्पूर्णको समयको सदुपयोग भएकाे समेत बताइन् । 

प्रतियोगिताको निर्णायक मण्डलमा रहेका रंगकर्मी एवं फिल्मकर्मी विजय बराल, दिया मास्के र दिलिप रानाभाट रहेका थिए ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार