काठमाडौँ – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई एक हजार ५०० डलरसम्म सटही सुविधा दिएको छ । राष्ट्र बैंकले दक्षिण कोरिया जाने कामदारले क्वारेन्टिन बस्नुपर्ने गरी वैदेशिक विभागको पत्रका आधारमा एक हजार ५०० डलरसम्म सटही सुविधा पाउने बताएको हो ।

तर, यो सटही सुविधा विद्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउने केन्द्रीय बैंकले निर्देशन दिएको छ । यसबाहेक, अन्य देशमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई भने राहदानी बापत २०० डलरभन्दा बढी सटही नदिन बैंकले निर्देशन दिएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...