काठमाडौँ – आज सोमबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक भारी अंकले ओरालो लागेको छ।

आज सोमबार नेप्से परिसूचक ६।६८ प्रतिशतले घटेर २ हजार ५ सय ७० दशमलव ८१ अंकमा आएर रोकिएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि १.२८ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै, कारोबार रकममा पनि आज भारी गिरावट आएको छ । ४८ हजार २३६ वटा कारोबार हुँदा ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमै सीमित भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...