काठमाडौं- चालुआर्थिक वर्षको पहिलो २ महिनामा ३ खर्बभन्दा धेरैको सामान आयात भएको छ ।  भन्सार विभागका अनुुसार आर्थिक वर्ष २०७८/७९ को साउन र भदौमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको सामान आयात भएको हो ।

गत सालभन्दा यो वर्ष आयात ७५.८६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष यही अवधीमा १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजारको मात्र सामान आयात भएको थियो । 

निर्यात भने गत सालको तुलनामा ११५ .४३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको यही अवधीमा २० अर्ब ४४ करोड ३० लाख ६२ हजारको सामान निर्यात भएकोमा यो वर्ष बढेर ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार पुगेको छ । 

यो दुई महिनामा नेपालको व्यापार घाटा २ खर्ब ७० अर्व ४७ करोड ७५ लाख १८ हजार रहेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...