एजेन्सी- लेबनानका राष्ट्रपति मिशेल आउनले बुधबार आफ्नो मुलुकले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकसँग चाँडै आवश्यक सुधार र वार्ता सुरु गर्ने बताएका उनको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।

लेवनानी राष्ट्रपति आउनले ‘बाब्दा प्यालेस’मा श्रम महासंघबाट एक प्रतिनिधिमण्डलसँगको भेटवार्ताका भने, “अन्तर्राष्ट्रिय समुदायबाट हामीलाई आर्थिक सुधारका लागि सहयोग गर्ने चाहना व्यक्त भएको छ । हामी वित्तीय सुधारका लागि आईएमएफ र विश्व बैंकसँग छिट्टै वार्ता सुरु गर्नेछौं ।” उनले आगामी दिनमा अर्थतन्त्र सुधारलाईलाई मुख्य प्राथमिकता दिइने बताए ।

आउनका अनुसार नयाँ मन्त्रीमण्डलले सन् २०२० अगस्त ४ मा भएका दुईवटा विशाल विस्फोटद्वारा ध्वस्त विद्युत केन्द्रहरूको निर्माण र बेरूत बन्दरगाहको पुनर्निर्माणसहित विभिन्न परियोजनाहरू सुरु गर्नेछ । लेबनानले धेरै आवश्यक सुधारहरू कार्यान्वयन गर्ने र देशलाई वर्तमान आर्थिक सङ्कटको अवस्थाबाट उकास्न विदेशी सहायताको लागि साँचो खुला राखने छ ।

देशमा लामो समयसम्म खाली रहेको राजनैतिक संरचनासँगै खाली मन्त्रीपरिषद्ले पनि सेप्टेम्बर १० मा पूर्णता पाएपछि लेवनानले आर्थिक सुधारको बाटो लिने अन्तर्राष्ट्रिय समुदायले आशा गरेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...