काठमाडौँ – चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भएकाे छ ।

जनता समाजवादी पार्टी नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जसपा दलित मुक्ति संगठनको संयुक्त आयोजनामा विश्वकर्माको न्यायको लागि माइतीघरमा खबरदारी प्रदर्शन भएकाे हाे ।

प्रदर्शनमा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई लगायतका नेता, कार्यकर्ताहरूको उपस्थिति थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै जसपाका नेता तथा अभियन्ताहरूले नेपालमा कुनै पनि प्रकारको आतंकवाद सह्य नहुने बताए । त्यस्तै अभियान्ताहरूले यसप्रकारका आतंककारीहरूलाई राज्यले संरक्षण गरेको आरोप लगाए ।

उनीहरूले संविधानमा लेखिएको अधिकारका कुरा सुनिश्चित हुनुपर्ने र दलित समुदायले न्याय पाउनुपर्ने बताएका छन् । विश्वकर्मालाई सांस्कृतिक शहीद घोषणा गर्न माग पनि गरिएको छ ।

चितवनमा असोज २८ गते मन्दिर जाने विषयमा भएकाे आपसी विवादपछि भएको कूटपिटबाट विश्वकर्माको मृत्यु भएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...