काठमाडाैँ । कैलारी गाउँपालिका–६ स्थित गौकन्द्री खोलामा  केही दिनअघि साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

बालकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढी पठाई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ । मृतक बालक यही असार १५ गते कैलारी–६ स्थित आफ्नो मामाघर गएको अवस्थामा गौकन्द्री खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...