काठमाडाैँ । पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गरी उत्कृष्ट १५ पुस्तक छनोट भएको जानकारी दिएका छन् ।
वि सं २०७८ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १४४ पुस्तक प्राप्त भएका थिए । यीमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचिका लागि निर्णायक समितिले प्रतिष्ठानलाई १५ कृतिको सिफारिस उपलब्ध गराएको छ । राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समितिले पुस्तक छनोट गरेको हो ।
पुरस्कारका लागि नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजवको ‘काफ्काको काम सकियो’, कविता राईको ‘गूरु’, लोकराज भट्टको ‘छाइल’, दिलिप बान्तवाको ‘ताल्चा’, अलकाआत्रेयको ‘निनादवल्लरी’, राजेन्द्रमान डंगालेको ‘पैतालामा हिँउ, आँखामा हिमाल’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, बसन्त बस्नेतको ‘महाभरा’, दीपक पराजुलीको ‘मिथ्या’, केवल बिनाबीको ‘यादहरुको संग्रहालय’ र गिरीश गिरीको ‘सत्यमोहन’छनोटमा परेका छन् ।
प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरी प्रकाशित कृतिहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...